फेसबुकद्वारा आफ्नो कम्पनीको नाम परिवर्तन


चर्चित सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था परिवर्तन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको बिहिबार घोषणा गर्नुभएको होे ।कम्पनीले सामाजिक सञ्जालभन्दा बढी ‘भर्चुअल रियलिटी’जस्ता क्षेत्रमा आफुलाई विस्तार गरिरहेकाले त्यही अनुसारको नयाँ नाम राख्नु परेको उहाँले बताउनुभयो ।

“नयाँ राखिएको नामले कम्पनीको कार्यक्षेत्र विस्तारमा सजिलो हुने विश्वास लिएका छौँ,” प्रमुख कार्यकारी अधिकृत जुकरवर्गले भन्नुभयो ।अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।यसअघि कम्पनीको नाम पनि फेसवकु नै थियो । फेसवुक कम्पनीमार्फत् फेसवुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो ।

कम्पनीले विहिवार नै अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।फेसवुकका एकजना पूर्व कर्मचारीले कागजातहरू सार्वजनिक गरिदिएपछि फेसबुकबारे नकारात्मक धारणा बनिरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।यसअघि सन् २०१५ मा यस्तै अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।नयाँ नामका कारणले भविश्यमा यस कम्पनीका प्रयोगकर्ताहरूले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु पर्ने बाध्यता हट्ने उहाँको भनाइ रहेको छ ।

यो पनि – फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पनि – सुरक्षा समिति बैठक, सीमा नाकामा थप कडाइ गरिने

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।

अब अवंैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भयो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने पनि बैठकमा निणर्य भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भयो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।

गृहमन्त्री खाँणले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्ने बताउनुभयो । कार्यवाहक प्रधानमन्त्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की सहभागी हुनुहुन्थ्यो ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित हुनुहुन्थ्यो । समसामयिक विषयमा थप छलफल गर्न छिट्टै अर्को बैठक आइतबार पुनः बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस