विश्वकप छनोट ः नेपालले पहिला बलिङ गर्दै


संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । छनोटअन्तर्गत यसअघि खेलिएका तीन खेलमध्ये नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपाल पहिलो खेलमा हङहङसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । नेपालको चार अङ्क छ । यता मलेसियाले भने तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ । मलेसियाको दुई अङ्क छ ।

यो पनि –  तोलामा रु २०० ले बढ्यो सुन

सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला रु २०० ले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस