आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न


नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभयो । बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट हुनुहुन्छ । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उहाँहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको हो ।

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उहाँहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्दशेन दिनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।

यो पनि- देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ”, उहाँले भन्नुभयो, “एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।”

अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताउनुभयो ।

महाधिवेशन उदाहरणीय बन्ने

अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताउनुभयो । उहाँले एमाले र अर्काे पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस