एडिबीले सात अर्ब ऋण दिने


एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गर्नुभयो ।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युत्को माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताउनुभयो । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।

यो पनि – एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा कम्युनिष्ट पार्टी र अन्य पार्टी विभाजित भइरहेको समयमा कांग्रेसलाई एकतावद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको उद्घाटनमा आज उहाँले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो ।

पार्टीको भातृ सङ्गठन र विभागको गठनमा विलम्ब नगरौँ, सहमति नजुटे बहुमतबाट जाऔँ भनेर सल्लाह आउँदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो, “सभापतिले कम्युनिष्टको गतिविधि मैले हेरिरहेको छु । चुनावमा बहुमत ल्याए । अहङ्कार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक ढिक्का राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुशी लाद्नु भएन ।”

सहमहामन्त्री डा महतले पार्टीको १४औं महाधिवेशन अत्यन्त उत्साहजनकरूपमा भइरहेको बताउँदै पार्टीको क्रियाशील सदस्यता सङ्ख्या पनि दोब्बर भएको पनि उल्लेख गर्नुभयो । उहाँले यसपटक पार्टीको विधान पनि नेपालको संविधानसँग तादात्म्य हुने गरी बनाइएकाले पार्टीका तल्लो तहदेखि नै अझ बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको बताउनुभयो ।

उहाँले महाधिवेशनका क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ऊर्जा र उत्साह कम्तिमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ ।”

उहाँले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविकरुपमा लिनुपर्ने बताउनुभयो । सहमहामन्त्री डा महतले कांग्रेसले क्रान्ति गर्ने, आन्दोलन गर्ने, संविधान बनाउने, संविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा ऐतिहासिक काम गरे पनि त्यसलाई प्रचार गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस