धनुषा कांग्रेस ः सात प्रदेशक्षेत्रको नेतृत्व चयन


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिनुभयो । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १(ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो ।

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १(ख) मा सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गर्नुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर २(क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित हुनुभयो । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताउनुभयो ।

धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क) मा छेदी राउत र ३(ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४(क) मा योगनारायण यादव र ४(ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिनुभएको छ । धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् ।

यो पनि – उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्नुपर्छ ः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धिको रक्षा गरी संस्थागत विकास गर्र्नुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र काठमाडौँको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्नुहँदै उहाँले जसको नीति उसको नेतृत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न सबैको दायित्व रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो ।

मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिएको भन्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैत्तृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशवण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा निर्देशन जारी गरी सकिएको जानकारी गराउनुभयो ।

भूमिहीन, दलित, सुकुम्वासी, महिला, जनजाति, पीछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेण्डा आफ्नो पार्टीको रहेको रहेको भन्दै उहाँले भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उद्येश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेतर्फ आफ्नो मन्त्रालय सक्रिय पूर्वक लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस