आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित


म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा आज सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकलाई गाउँमै सर्वसुलभरूपमा विशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको हो ।

शिविरबाट १०५ पुरुष र १२० महिला गरी कूल २२५ लाभान्वित भएका रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ग्यास्ट्रिक, अम्लपित्त, जण्डिस, रक्तअल्पता, बातब्याधी, दम, खोकी, रक्तचाप, मुत्र बिकार, मधुमेह, स्त्रीरोग, नशा र आँखासम्बन्धी समस्या भएका बिरामीको उपचार गरिएको थियो ।

पाखापानी, झिँ, कोटगाउँ, रायखोर, ठाडाखानी, कुइनेखानीका बासिन्दाले सेवा लिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क आयुर्वेदिक औषधि वितरणसम्बन्धी सेवा दिइएको थियो । आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनीका डा सन्देश अधिकारी, कबिराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कबिराज निरीक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरीक्षक प्रेमप्रसाद गौतम, वैद्य विनोदकुमार यादव र पाखापानी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले सेवा दिनुभएको थियो ।

शिविरको उद्घाटन गर्दै रघुगङ्गा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले विकट क्षेत्रका नागरिकलाई गाउँघरमै सहज र सर्वसुलभरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन, आयुर्वेद औषधि र उपचार पद्दतिप्रति आकर्षण बढाउन तथा महत्व बुझाउन शिविर आयोजना गरिएको बताउनुभयो । प्रशासकीय अधिकृत सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकलाई उपस्थित गराएर रोगको पहिचान र उपचारका लागि सहज वातावरण बनाएको बताउनुभयो । सदरमुकाम बेनीलगायतका ठाउँका अस्पताल पुगेर लिँदै आएको चिकित्सकको उपचार सेवा गाउँमै पाउँदा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

यो पनि – स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ । पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।

सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।

“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।

“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो । अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।”

स्याङ्जामा सूचीकृत हुनेको सङ्ख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्याङ्क आइनसकेको उहाँको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट रु ५५ करोड बढी आम्दानी भएको थियो ।

यो पनि –

स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।

सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।

“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।

“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो । अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।”

स्याङ्जामा सूचीकृत हुनेको सङ्ख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्याङ्क आइनसकेको उहाँको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट रु ५५ करोड बढी आम्दानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस