पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे


पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ । यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ भने ७३ जना नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ। पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ। यस प्रान्तमा कुल २५,६०५ सङ्क्रमणका घटना दर्ता गरिएको छ। त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या १८,०७९ पुगेको छ ।
तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा उपचाररत छन् । डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ।

यो पनि – मालीमा आतंकवादी हमलामा परी दर्जनौँको ज्यान गयो

१८ मङ्सिर (रासस÷सिन्ह्वा) ः मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरुले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो । ती मध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ ।तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।

त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरुले हिंसात्मक क्रियाकलापहरु गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस