रुसले भारतलाई महाशक्ति, समयको परीक्षित मित्रको रूपमा बुझेको छ- राष्ट्रपति पुटिन


सोमबार २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय-परीक्षित मित्रको रूपमा बुझेको बताउँनुभएको छ । “हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय-परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई हेरिरहेको छु,” पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा आफ्नो उद्घाटन टिप्पणीमा भन्नुभएको छ। राष्ट्रपति पुटिनले टिप्पणी गर्नुभयो “गत वर्ष भारत र रुसबीचको व्यापार १७ प्रतिशतले घटेको थियो तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको अनुभव गरेका छन्।

सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो। रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताउँनुभएको थियो ।

छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गर्नुभएको थियो । “हामी पक्कै पनि आतङ्कवाद र यसको विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित छौं।यसअघि दुई देशबीच पहिलो पटक २ +‌२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।दुई देशबीच २०२१-३१ का लागि सैन्य-प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत-रसिया राइफल्स प्रालि मार्फत ६,०१,४२७ एसल्ट राइफल एके-२०३ खरिद गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको छ। यसैबीच राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताउँनु भएको छ ।

यो पनि – कोभिड चुनौतीको बाबजुद भारत-रूस सम्बन्धको विकासको गतिमा कुनै परिवर्तन छैन: प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताउँनु भएको छ। रूसी राष्ट्रपति सँग सोमबार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देश बीचको “विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी” अझै बलियो हुँदै गइरहेको टिप्पणी गर्नुभएको छ। “कोभिड-१९ द्वारा उत्पन्न चुनौतीहरूको बावजुद, भारत-रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन। हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ,” उहाँले भन्नुभयो ।
२१औँ भारत-रुस वार्षिक शिखर सम्मेलन यहाँ हैदरावाद हाउसमा हुँदैछ।

सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो।रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो । यसअघि दुई देशबीच पहिलो पटक २ +२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस