विवाहलगत्तै स्वप्नले ल्याए ‘वाचा भयो’


काठमाडौं, वैशाख २४ गते । युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत ‘वाचा भयो’ सार्वजनिक गरिएको छ । सुमनले विवाहको भोलिपल्ट नै गीत सार्वजनिक गर्नुभएको हो ।

उहाँले गीतमार्फत आफ्नी जीवन सँगिनीलाई जीवनभरि साथ दिने, माया गर्ने, दु:ख सु:ख बाँड्ने वाचा गर्नुभएको छ । यस्तै, उहाँले यो गीत ज्योत्सना अनि आफूहरूको विशेष दिनका लागि लेख्नुभएकोसमेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=PHWHxbg9dQU

प्रतिक्रिया दिनुहोस