झापाका उमेशलाई १६औँ धर्मश्री उपाधि


काठमाडौँ, वैशाख २५ गते । १६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जित्नु भएको छ । प्रज्ञाभवन कमलादीमा शुक्रबार र शनिबार अवेरसम्म चलेको दुई दिने प्रतियोगितामा एनआरके फिटनेशका उमेशले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी चुम्नु भएको हो ।

उपाधिसँगै उमेशले १० लाख रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता ललितले पाँचा लाख रुपियाँ पुरस्कार पाउनुभयो । मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्णबहादुर सूर्यवंशी तेस्रो हुनुभयो । उहाँले तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।

नेपालमा ब्यायामको क्षेत्रको माउ संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेशले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभरअल राउण्डमा प्रवेश गर्नुभएको थियो । सात तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । त्यही क्रममा चौथो स्थानमा बवलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहनुभयो । उहाँले ए कलाख ५० हजार रुपियाँ पुरुसकार पाउनुभयो ।

पाँचौ स्थानमा प्लानेट फिटनेश ईटहरीका पुष्प शंकर रहनुभयो । उहाँले एक लाख रुपियाँ प्राप्त गर्नुभयो । छैटौँ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहनुभयो । उहाँले ९० हजार र अन्तिम तथा सातौँ हुनुभएका ब्यायाम मन्दिरकै राजु राईले ७८० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

धर्मश्रीकै दौरानमा पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा पहिलो हुनुभयो । दुवैले जनही दुइ लाख रुपियाँ पुरस्कार पाउनुभयो ।

पुरुषतर्फ १०१ बेष्ट फिटनेश, पोखराका सुमन श्रेष्ठ दोस्रा र आईरन प्याराडाईज फिटनेश एण्ड स्पा, काठमाडौँका ज्ञानेश्वर चौधरी तेस्रो हुनुभयो । महिलातर्फ डिभाईन फिजिक फिटनेशकी लुना श्रेष्ठ दोस्रो र मसल एण्ड फिटनेश, काठमाडौँकी नमानी गुरुङ तेस्रो हुनुभयो । दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख र ५० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेता खेलाडीलाई उपराष्ट्रपति नन्दकिशोर पुनले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस