श्रीलंकामा राजापाक्षेको घरमा आगजनी, सांसदको हत्या


एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ ।

सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो ।

सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको निर्माणको आग्रह समेत गरेका छन् ।

श्रीलंका इतिहासकै चरम आर्थिक संकटमा परेपछि विरोध चर्किएको हो । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ ।

पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई संकटमा धकेल्यो । श्रीलंकाले भारतसँग अरबौं डलर सहयोग लिइसकेको छ ।-Photo Source: Agency

प्रतिक्रिया दिनुहोस