कर्णाली राजमार्गमा बस दुर्घटना : तीन जनाको मृत्यु, ३३ घाइते


दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–२ सिस्नेको लिस्नेपडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन्। मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको हो। आठबिस नगरपालिका-१ का खगेन्द्र थापाले उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको विवरण अहिले नै एकिन नभएको बताउनुभयो। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनाको थप विवरण आउनेक्रममै रहेको छ। प्रहरीले बस बुधबार साँझ आठ बजेतिर दुर्घटना भएको अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस