निगमका अध्यक्षलाई दुर्व्यवहार नगरेको पर्यटनमन्त्री प्रेम आलेको दाबी


काठमाडौं, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन् । यसअघि अन्नपूर्ण पोष्टले आलेले अध्यक्ष अधिकारीमाथि अपशब्द बोलेको र हातपात गरेको समाचार प्रकाशित भएको थियो । तर, मन्त्री आलेले भने आफूले निगमका अध्यक्ष अधिकारीमाथि हातपात नगरेको र बाहिर आएको समाचार असत्य रहेको दाबी गरे ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘निगमका अध्यक्षमाथि हातपात गरेको समाचार जुन आएको छ, त्यसमा कुनै सत्यता छैन् ।’ दुव्र्यवहार गरेको भनेर बाहिर आएको समाचार पूर्णतः असत्य रहेको दाबी गर्दै मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्न पनि सुझाए । आलेको सचिवालयले भने अध्यक्ष अधिकारी नैतिक रुपमा पनि पतन भएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस