नेपाल टी-ट्वान्टी लिगलाई आईसीसीको मान्यता


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।

नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।

प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र सुदुरपश्फाचिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।

v  n

प्रतिक्रिया दिनुहोस