नवौं खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशमा गण्डकी अगाडि


काठमाडौं। विभागिय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक रनिङ शिल्ड प्रदान गरेको हो । पदक तालिकाका शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको आर्मीले एक सय ७२ स्वर्ण, एक सय ९ रजत र ८९ कांस्य सहित कूल तीन सय ७० पदक जितेको हो । आर्मीले राष्ट्रिय खेलकुदमा ह्याट्रिक समेत गरेको छ । आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो।

३६ खेलमा कूल तीन सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ६४ स्वर्ण ७३ रजत र ८१ कांस्य सहित दुई सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कांस्य पदक सहित एक सय ९५ पदक सहित नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित एक सय २० पदक सहित समग्रमा थौचो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कांस्य पदकसहित एक सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कांस्य सदकसहित सुदूरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण नौ, रजत सात कांस्य पदकसहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कांस्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

यसैगरी मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेष प्रदेशले पाँच स्वर्ण आठ रजत र २६ कांस्य पदक जितेको छ । कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य पदक जितेको छ ।

यसअघि सुरुमा चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा दुई दुई तथा स्क्वास र सफ्टेनिसमा एक एक स्वर्ण पदकको खेल स्थगित भएको नवौं को प्रविधिक समितिले जनाएको छ ।

प्रतियोगिातमा समावेश ३६ खेलहरु गण्डकी प्रदेशका आठ जिल्लामा भएको हो । सुटिङ र पुरुष क्रिकेट खेलभने काठमाडौंमा खेलाईएको थियो । पुरुष क्रिकेट एक महिना अघिनै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस