चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी


भरतपुर । चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नु भएको सहायक निर्वचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । अधिकारीलाई काँग्रेस लगायत गठबन्धनको सहयोग थियो । पाण्डे यस अघि भूमि सुधार र वन मन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस