ओखलढुंगामा प्रदेश सभाको समानुपातिकाे मतगणना सम्पन्न, कांग्रेसको बढी मत


ओखलढुंगा । ओखलढुंगामा प्रदेश सभातर्फको समानुपातिककाे मतगणना सम्पन्न भएकाे छ ।

आज शुक्रबार मतगणनामा नेकपा एमाले भन्दा नेपाली कांग्रेसले ३ सय ५१ बढी मत प्राप्त गरेकाे हाे । ओखलढुंगाकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांक अनुसार कांग्रेसले २५ हजार ७९ मत प्राप्त गरेकाे छ ।

त्यस्तै एमालेले २४ हजार ७ सय २८ मतसहित दोस्रो स्थानमा रहेकाे छ । माओवादी केन्द्रले ५ हजार ९ सय ३३ मत, जनता समाजवादी पार्टीले २ हजार ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ३० मत र नेकपा एकीकृत समाजवादी पार्टीले ८ सय १० मत प्राप्त गरेका छन् ।

प्रदेशतर्फको मतगणना सकिएसँगै प्रतिनिधि सभाको समानुपातिकतर्फको मत गणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस