सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेतको ह्याट्रिक जित


सिन्धुपाल्चोक । सङ्घीय सांसदमा सिन्धुपाल्चोकबाट नेपाली काँगे्रसका मोहनबहादुर बस्नेतले ह्याट्रिक जित हासिल गर्नुभएको छ । २०५६, २०७० साल र २०७९ को संसदीय निर्वाचनमा भारी मतले विजय प्राप्त गरी बस्नेतले ह्याट्रिक जित निकाल्नु भएको हो ।

साविक निर्वाचन क्षेत्र–१ बाट २०५६ सालमा नेकपा एमालेका अमृतकुमार बोहरालाई पराजित गर्दे केन्द्रीय सांसदमा बस्नेत पहिलो पटक निर्वाचित हुनु भएको थियो । विजयपछि उहाँ स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो ।

वि.सं २०७० सालको संविधान सभा निर्वाचनमा साविक क्षेत्र–१ बाटै बस्नेतले नेकपा एमालेकै अरुण नेपाललाई पराजित गर्दै दोश्रो पटक विजयी हुनुभयो । र, सूचना तथा सञ्चारमन्त्रीसहित सरकारका प्रवक्ता हुनुभयो ।

यस पटक प्रतिनिधि सभा–२ (साविक क्षेत्र नम्बर ३) बस्नेतले एमालेका शेरबहादुर तामाङलाई भारी मतले पराजित गर्दे विजय हासिल गर्नुभयो । उहाँले पूर्वमन्त्री तामाङलाई ११ हजार ८७४ मतले पछाडि पादै तेस्रो पटक जित हासिल गर्नु भएको छ । बस्नेतले प्रतिनिधिसभा अन्र्तगत सिन्धुपाल्चोकमा सबैभन्दा बढी अर्थात् ३९ हजार ३६७ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस