फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक


काठमाडौं । फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ । नम्रता सापकोटाको प्रमुख भूमिका रहेको फिल्म कमल एक्चै मगरले निर्देशन गर्नुभएको हो ।

फिल्ममा भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायाङ्कन, हरि लम्सालको सङ्गीत, अजय स्याङतेनको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म मङ्सिर २३ गतेबाट देशभर प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस