अनरको नयाँ स्मार्टफोन ‘अनर एक्स सेभेन ए’ नेपाली बजारमा सार्वजनिक हुदैँ


काठमाडौं । चिनियाँ बजारमा दुई हप्ता अगाडि नै सार्वजनिक भएको अनरको नयाँ स्मार्टफोन ‘अनर एक्स सेभेन ए’ नेपाली बजारमा पनि सार्वजनिक हुने भएको छ । सस्तो र टिकाउ फोनको रुपमा कम्पनीले यो फोन सोमबार नेपाली बजारमा सार्वजनिक गर्दैछ । चिनियाँ बजारमा भने यो फोन जनवरी ४ मा सार्वजनिक भएको थियो ।

फोनमा ६.७५ इन्चको डिस्प्ले छ । Mediatek MT6765H Helio G37 चिपसेट भएको यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

त्यस्तै फोनमा २२.५ वाटको वायर्ड चार्जर सहितको ६००० एमएएचको ब्याट्री राखिएको छ । यसले गर्दा यो फोन निकै टिकाउ हुने र दैनिक प्रयोगको लागि निकै उपयोगी हुने कम्पनीको दाबी छ ।

चिनियाँ बजारमा यो फोनको मूल्य १८५ डलर (करिब २४ हजार रुपैयाँ) तोकिएको छ । नेपाली बजारमा भने यसको मूल्य २५ हजार रुपैयाँ देखि साढे २५ हजार रुपैयाँसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस