इटालियन सिरी ‘ए’ फुटबलमा सालेरनिटानामाथि नापोलीको २–० को सहज जित


काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानामाथि २–० को सहज जित निकालेको हो ।

खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा भिक्टरले भिक्टर ओसीम्हेनले गोल गर्दै नापोलीलाई २–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी भयो ।

जितसँगै शीर्ष स्थानको नापोलीको १९ खेलबाट ५० अंक पुगेको छ । पराजित सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस