ट्रेलरमा ‘छक्का पञ्जा ४’


काठमाडौँ। चलचित्र ‘छक्का पञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमा देखाइएको छ ।

राजनीति र सामाजिक विषयमा निर्माण भएको चलचित्र कमेडी जनरामा बनेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरेलगायत कलाकारको अभिनय रहेको चलचित्र हेमराज बीसीले निर्देशन गर्नुभएको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रको प्रदर्शन मिति १९ फागुन तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस