‘सद्भाव र प्रेमको पर्व होली’


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत उहाँले व्यक्त गर्नुभएको छ । उहाँको शुभकामना सन्देशमा उल्लेख छ, ‘‘यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो । तसर्थ फागुपूर्णिमा जस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्‍वास मैले लिएको छु ।’’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यस पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसँगीसँग एकआपसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको शुभकामना सन्देशमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस