‘होली साझा संस्कृति’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लाससाथ हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने होली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशीला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले होली पर्वको शुभकामना दिँदै यस पर्वले मुलुकको सामाजिक, सांस्कृतिक सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै सबै नेपालीमा सुख, शान्ति र समृद्धि प्राप्ति होस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस