फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास’सार्वजनिक


काठमाडौं। दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत ‘मायाको बिहे पास’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गर्नुभएको हो ।

गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलाई देख्न सकिन्छ ।

प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नवीन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माता हुनुहुन्छ । शिव ढकालले छायाङ्कन गर्नुभएको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गर्नुभएको हो ।

फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस