राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार , क्याबिनमा सारियो


भारत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको छ ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । एन्टिबायोटिक्स रेसिस्ट भएका कारण थप उपचारका लागि उनलाई भारत लगिएको हो ।

पौडेलका निजी चिकित्सक डाक्टर निरज वमका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार देखिएको छ । उनलाई  एन्टिबायोटिक्स चलाइएको थियो । उक्त औषधि रेसिस्ट भई काम नगरेपछि थप उपचार गर्न भारत लगिएको अधिकारीहरुको भनाई छ ।

डा निरजका अनुसार सोमबारबाट राष्ट्रपति रामचन्द्र पौडेललाई क्याबिनमा सारिएको छ । हिजै एमआरआईको रिपोर्ट पनि आएको छ । रिपोर्ट सामान्य देखिएको छ । छातीमा देखिएको समस्या पनि बिस्तारै कम हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस