एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटमा आज नेपाल र जोर्डन भिड्दै


काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ।

खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ।

छनोटको समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १–० गोलको हार ब्यहोरेको थियो ।

समूह ‘एच’ मा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस