इंग्लिस प्रिमियर लिग फुटबल : न्यूक्यासलले एभर्टनलाई हरायो


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले एभर्टनलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा न्युकासलले एभर्टनलाई ४–१ ले हराएको हो ।

खेलको २८ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई सुरूवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा जोलिनटनले गोल गर्दै न्यूक्यासललाई दोब्बर अग्रता दिलाए । ७२ औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्यूक्यासललाई ३–० को अग्रता दिलाए । ८० औं मिनेटमा ड्वाइट म्याकनिलले गोल गर्दै एभर्टनलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ८१ औं मिनेटमा जाकोब मुर्फेले गोल गर्दै न्यूक्यासललाई ४–० को जित दिलाए ।

जितसँगै न्यूक्यासल ३२ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित एभर्टन ३३ खेलबाट २८ अंक जोडेर १९ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नेमाउथले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस