निजामती कर्मचारी अस्पताललाई नमूना बनाउनेछौं : मन्त्री मोदी


काठमाडौं । निजामती कर्मचारी अस्पतालको पुर्ननिर्माणसहितको भवन हस्तान्तरण गरिएको छ ।

चीन सरकारको आर्थिक सहयोगमा अस्पतालको पुर्ननिर्माणसहितको भवन आज एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

अस्पतालमा आयोजित कार्यक्रमकाबीच नेपालका लागि चिनिया राजदूत चेन चोङले सङ्घीय मामितला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई भवन हस्तान्तरण गरेका हुन् ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री अमन लाल मोदीले सात वटै प्रदेशमा निजामती अस्तपाल स्थापना गर्ने सरकारको लक्ष्य रहेको र सोही अनुसारको गृह कार्य सुरु भएको बताएउनले अस्पतालमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको विषयमा पनि छलफल भइरहेको र आगामी वर्षका लागि बजेटमै समावेश गर्ने बताए ।

उनले अस्पतालको विकासका लागि चीन सरकारले निर्वाह गरेको भूमिका सराहनीय रहेको र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।मन्त्री मोदीले निजामती अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्नका लागि र भौतिक अभावलाई पूरा गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको पनि प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस