उपनिर्वाचनमा विजयी रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले लिए शपथ


काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबार स्थित संसद सचिवालयमा सांसदको लोगो लगाई दिदै शपथ खुवाएका हुन् ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् । बारा २ बाट निर्वाचित सांसद् उपेन्द्र यादवको भने आज शपथ भएन् । निर्वाचन क्षेत्र बारा मै भएको कारण उनले आज शपथ लिन पाएनन् ।

प्रतिक्रिया दिनुहोस