भृकुटीमण्डपको ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ ग्राहकको आकर्षणमा


काठमाडौं। सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी रहेको छ। वैशाख २६ गतेदेखि सुरू भएको मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिल्ने नेपाल छाला तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष एवं एसबिआर सुजका सञ्चालक बासु रोकाले जानकारी दिए ।

जुत्ता चप्पल खरिदका लागि भृकुटमण्डपमा आयोजित जुत्ता चप्पल मेला आकर्षक गन्तव्य बन्ने उनले विश्वास व्यक्त गरे । ‘ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं,’ उनले भने, ‘एउटै छाना मुनी ११

 

वटा ब्राण्डका जुत्ता चप्पल खरिदको अवसर मिल्नु पनि मेलाको आकर्षण हो ।’

प्रतिक्रिया दिनुहोस