अस्पतालबाट घर ल्याई होम आइसोलेसनमा रहेका भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु

अस्पतालबाट घर ल्याई होम आइसोलेसनमा रहेका भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो। नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए। यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो। भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रासस

०००

धरानमा कोरोना संक्रमित आमा र छोराको ४५ मिनेटको फरकमा मृत्यु

सुनसरी, १४ भदौ । धरानमा दुई कोरोना संक्रमितको एकै साथ मृत्यु भएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । मृतकहरु आमा छोरा हुन् ।

पुरुषको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा र महिलाको ८ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुको मृत्यु ४५ मिनेटको फरकमा भएको हो । मधुमेह, उच्च रक्तचापको बिरामी महिला शनिबार राति अस्पतालमा भर्ना भएकी थिइन । उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो ।

पुरुषमा मधुमेह र कलेजाेकाे समस्या देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु दुवै जनाको शनिबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।